सुदूरपश्चिममा देवर भाउजु तथा साली भिनाजुले सिस्नो लगाएर बिसु पर्व मनाए

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व हर्षउल्लाषका साथ मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु (बिसपती) पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर बिसु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजुले एकापसमा सिस्नो लगाएर पनि नयाँ वर्ष तथा बिसु पर्व मनाउने गरेका छन् ।

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम लगायतका जिल्लामा बिसु पर्व मनाइने गरिन्छ । पहाडी जिल्लामा यसको प्रभाव रहेतापनि पहाडी जिल्लाबाट तराईमा बसाई सरि आएकाहरुले पनि तराईमा बिसु पर्व मनाउने गरेको पाइन्छ ।
सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भइ मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने गरिएको पाइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्