आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । राजस्थान यसअघिका ४ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

आईपीएलमा नवप्रवेशी टोली गुजरातले पनि चार खेलमा ६ अङ्क जोडेको छ । गुजरात पाँचौँ स्थानमा छ । यसअघि गएराति भएको खेलमा पञ्जाब किङ्ग्स मुम्बईलाई १२ रनले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

अङ्कतालिका अनुसार कोलकाता नाइट राइडर्स ५ खेलमा ६ अङ्कका साथ दोस्रो, पञ्जाब किङ्ग्स तेस्रो र लखनउ चौथो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्