कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन

कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो । कोलम्बियाको कलीमा गएको सोमवार भएको कार दुर्घटनमा रिनकोनको टाउकोमा गम्भीर चोट लागेको थियो । रिनकोनले चलाएको कार बससँग ठोक्किँदा दुर्घटना भएको थियो ।

रिनकोनको उपचारका क्रममा निधन भएको इम्बानाको क्लिनिकका मेडिकल डाइरेक्टर लौरेनो क्विनटेरोले जानकारी दिएका छन् ।

रियल मड्रिडका पूर्व मिडलफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए । उनले कोलम्बियाबाट सन् १९९०, १९९४ र १९९८ मा गरी तीन पटक विश्व कप खेलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्