जनलहर चलेकाले एक्लै चुनावमा उठ्ने काँग्रेसको निर्णय

पर्सा – पर्सा जिल्लामा नेपाली काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता गठबन्धन दलसँग गठबन्धन आवश्यक नभएको नेपाली काग्रेँस जिल्ला कार्य समितिका प्रवक्ता रमेश पाण्डेले बताउनुभएको छ ।

प्रवक्ता पाण्डेले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरुले जिल्ला कार्यसमितिमा बुझाएको प्रतिवेदनको आधारमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका र १४ वटा पालिकाहरुमा नेपाली काग्रेँस एक्लै चुनाव लड्न सक्षम रहेको र काग्रेँसप्रति सर्वसाधारणहरुको आकर्षण र भरोसा बढ्दै गई काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता साझेदार दलसँग गठबन्धन गर्नुको कुनै ओचित्य नभएको बताउनुभयो ।

उहाँका अनुसार २०७४ सालको निर्वाचनमा मधेसी दलहरुका पक्षमा जनलहर चलेको समयमा पनि कतिपय पालिकामा काग्रेँस पहिलो र दोस्रो स्थानमा रहेको अनुभवबाट पनि पर्सामा गठबन्धनको आवश्यकता देखिएन ।

जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्रीले पाचँ वर्षसम्म कार्यकर्ताहरुले नेपाली काग्रेँस प्रति समर्पित भएर काम गरेको फल पाउने समय स्थानीय तहको निर्वाचनमा भागबण्डाको आधारमा निर्वाचनबाट वञ्चित गर्दा घातप्रतिघात हुने बढी सम्भावना प्रबल रहेको बताउनुभयो ।

उहाँले केही दिन भित्रै हुने सङ्घीय र प्रादेशिक निर्वाचनमा समेत यसको प्रत्यक्ष असर पर्ने भएकाले यसमा सचेत भई कुनै पनि निर्णय गर्न केन्द्रीय तहका नेताहरुले गर्दा जिल्लास्तरीय नेता र सर्वसाधारण कार्यकर्ताहरुको भावना विपरीत केन्द्रले आफ्नो निर्णय जिल्लामाथि थुपार्न खोजे पार्टी ठूलो दुर्घटनामा जानसक्ने भएकाले समयमै विचार गर्न सबै तहका नेता र कार्यकर्ताहरुसँग आग्रह पनि गर्नुभयो ।

कान्तिपुरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्