रेखा थापाले गरिन् दोस्रो विवाह, को हुन् रेखा थापासँग दोस्रो विवाह गर्ने युवक ?

काठमाडौं – अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका स्रोतको भनाइ छ । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । शाही भने पर्यटन व्यवसायी हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्