टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर सन्दीप लामिछाने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नयाँ कीर्तिमान रचेका छन् । हिजो सोमवार भएको आयरल्यान्डसँगको खेलमा एक विकेट लिँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बलर बनेका छन् ।

करण केसी पनि टी–२० मा ५० विकेटको नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् ।

योसँगै सन्दीप टी–२० मा छिटो (कम खेलमा) ५० विकेट लिने बलरको तेस्रो नम्बरमा परेका छन् । सन्दीपले २९ खेलमा यो उपलब्धि हात पारेका हुन् ।

यो सूचीको पहिलो नम्बरमा रहेका श्रीलङ्काका अजन्था मेन्डिजले २६ खेलमा ५० विकेट लिएका छन् । यस्तै दोस्रो नम्बरमा रहेका आयरल्यान्डका मार्च रिचार्ड एडरले २८ खेलमा ५० विकेट लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्