चार देशीय टी–२० क्रिकेट : नेपालसँग आयरल्यान्ड १ सय २७ रनमा अलआउट

काठमाडाैं – ओमानमा जारी चार देशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंहले ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।
यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी–२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्