लोकप्रिय गायिका रचनाले स्वर दिएको गजल गीत ‘न बिर्सें तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक

काठमाडौं – लोकप्रिय गायिका रचना रिमालले स्वर दिएको गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । अघि अञ्जु पन्तको स्वरमा रहेको यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो ।

दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु पन्तको यो गित एकदशक बर्षपहिले देखि हालसम्म पनि निक्कै चर्चामा रहेको छ । सोही गजललाई गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो । यो गजललाई विपिन किरणले रचेका हुन भने हेश खड्काको संगीत रहेको छ ।

उक्त गजल गीत ‘किरण क्रियसन’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । जसमा किरण कँडेलको एरेञ्ज गरेको छ भने बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विनोद बमको सम्पादन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्