वडाध्यक्ष महराले ड्रेन भत्काएपछि निर्माणस्थलबाट गुणस्तरहीन सामग्री हटाउन निर्देशन

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को बेलडाँँडीमा सडक किनारमा ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ ।
पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडक खण्ड अन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इँट्टा लगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो । साथै प्राविधिक मापदण्ड पुगेको सामाग्री प्रयोग गर्न समेत निर्देशन दिएको छ ।

निर्माण कम्पनीलाई पत्राचार गर्दै कार्यालयले स्थलगत सुपरीवेक्षण र अनुगमनका क्रममा रोड साइड ड्रेनमा प्रयोग भएको बालुला सहितका सामग्री तोकिएको मापदण्ड बमोजिम नरहेकाले सम्झौता बमोजिमको कार्य गर्न निर्देशन दिएको छ ।

केहि समय अगाडी वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले उक्त निर्माणस्थलमा पुगेर मापदण्ड विपरित गुणस्तरहिन सामग्री प्रयोग गरेको भन्दै उक्त ड्रेन आफैले भत्काएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्