रवि ओडको ‘तिमी काठमाण्डुको’ गीतको भीडियो सार्वजनिक

काठमाडाैँ – चर्चित गायक रवि ओडको ‘तिमी काठमाण्डुको‘ गीतको भीडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट गायक ओडको गीत सार्वजनिक भएको हो । रवी ओडको स्वरमा रहेको उक्त गीतमा लय भने राजेन्द्र त्रिपाठीको रहेको छ । यसैगरी उक्त गीतलाई रचना तथा एरेन्ज बबुल गिरीले गरेका छन् ।
दर्शकहरुले निक्कै रुचाएको उक्त गीतमा अभिनय चर्चित नायक आकाश श्रेष्ठ, मन्दिप राज घिमिरे तथा नायिका गरिमा शर्माले गरको छ । दिपक मान श्रेष्ठले प्रोडक्सन मेनेज गर्नुभएको छ भने उक्त गीतलाई सम्पादन भने ओरोनीत बीसुङ्खेले गरेका छन् । सुदन खड्काको निर्देशनमा निर्माण गरिएको उक्त भिडियो २१ घण्टामै १५ हजारले हेरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्