जमुनाहा नाकामा एकैदिन ३७ जना सङ्क्रमित भेटिए

भारतबाट फर्किने नेपालीहरुमा कोरोना सङ्क्रमण देखिने क्रम एक्कासी बढेको छ । शुक्रवार एकैदिन ३७ जनामा कोरोना सङ्क्रमित भेटिएको नेपाल–भारत सीमानाको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ ।

भारतबाट आउने नेपालीहरुमध्ये ७१० जनाको नाकामा एन्टिजेनमार्फत गरिएको परिक्षणमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि बिहीबार पनि ५२६ जनाको परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
भारतबाट फर्किनेहरुमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले नेपालगञ्जलगायत अन्य जिल्लाहरुमा कोरोना सङ्क्रमण फैलिने सम्भावना अत्याधिक बढेको हेल्थ डेस्कले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्