हेलम्बुमा अस्थायी टहरा निर्माण भएपछि बाढी पिडीत खुसी, १२५ भन्दा बढी टहरा निर्माण

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बमु गाउँपालिकामा अस्थायी टहरा निर्माण भएपछि बाढी पिडीत खुसी भएका छन् । गत असार १ गते आएको भीषणबाढीबाट क्षत विक्षत भएको हेलम्बुमा अस्थायी टहरा बनेपछि स्थानीय खसी भएका हुन् । बाढीले घर बगाउने वित्तिकै गाउँपालिकाले खाद्यान्न लगायतका समाग्रीहरु सहयोग गरेको र अहिले आएर अस्थायी टहरा निर्माण गरेको भन्दै स्थानीय चित्र थापा मगरले खुसी व्यक्त गरिन् । उनले भनिन् ‘हेर्दा हेर्दै खोलाले घर बगायो हामी बाँच्यौ, गाउँपालिकाले सहयोग गरेर अहिले जाडोमा घर भित्र बस्न पाएका छौँ ।’

गाउँपालिकाले बाढीपिडितहरुको लागि १२५ भन्दा बढी अस्थायी घर–टहरा निर्माण गरेको छ । गत असार १ गते आएको भीषणबाढीबाट क्षत विक्षत भएको हेलम्बुमा स्थानीयहरु घरबार विहिन बनेपछि गाउँपालिकाले स्थानीयहरुकोलागि अस्थायी टहरा निर्माण गरेको हो । गाउँपालिकाले विभिन्न संघसंस्थाहरुको सहयोगमा अस्थायी टहरा निर्माण गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । २ वटा सुत्ने कोठा, एउटा भान्छा, ट्वाइलेट र खानेपानीको व्यवस्था भएका १२५ वटा भन्दा बढी अस्थायी टहराहरु निर्माण गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । गत असार १ गते आएको भीषणबाढीबाट हेलम्बु सबै भन्दा बढी प्रभावित छ । हेलम्बु क्षेत्रको लगभग १५ किलोमिटर सडक बगाएको छ भने दर्जौनौ पुलहरु बगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्