देशका अधिकांश ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

काठमाडौँ – काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ । देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विहिबार विहान सम्म वर्षा हुने सम्भावना भएको महाशाखाले जनाएको छ । काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ । पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने मौसमविद्ले बताएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ ।

अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्