प्रचण्डलाई विवेकशील साझाका प्रवक्ता पाठकको पश्न– ‘विकृतिको पहाड बोकेको पार्टी अब यो देशलाई चाहिएला ?’

 

काठमाडौँ –विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको पार्टी निष्कर्षमा टिप्पणी गरेका छन् ।

प्रचण्डले माओवादीको महाधिवेशन चलिरहेका बेला पार्टीभित्र कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रति आशक्ति बढेको निष्कर्ष निकालेका थिए । सोही विषयमा प्रव्रक्ता पाठकले उनको निष्कर्ष माथि टिप्पणी गरेका हुन् । प्रवक्ता पाठकले माओवादीमा पनि आधुनिक युगको पार्टीमा हुनुपर्ने चरित्र खासै बाँकी नरहेको भन्दै कडा व्यंग गरेका छन । उनले भनेका छन्, ‘आधुनिक युगको पार्टीमा हुनुपर्ने चरित्र खासै बाँकी नरहेको, अनि हुनै नहुने विकृतिको चाहिँ पहाड बोकेको उहाँको पार्टी अब यो देशलाई चाहिएला नै किन? विघटन पो गर्ने कि कमरेड ?’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्