दक्षिण कोरियामा एकै दिन ५ सय ९४ जनामा कोरना भाइरसको संक्रमण, विश्वभर ८५ हजार २ सय १० जना संक्रमित

दक्षिण कोरियामा शुक्रबार एकैदिन ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो संख्याको सङ्क्रमण हो । कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार दक्षिण कोरियामा २ हजार ९ सय ३१ जना कोरोनाका बिरामी छन् ।

दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको देश दक्षिण कोरिया हो । कोरोनाको संक्रमण तीव्र बनेसँगै दक्षिण कोरियाको देगु लगायतका प्रान्तमा उच्च सतर्कता अपनाइएको छ भने जनजीवन कष्टकर बन्दै गएको बीबीसीले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा इरानमा थप २ सय १० जनाको ज्यान गएको अस्पताल स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमित २ हजार ९ सय २४ जनाको ज्यान गैसकेको छ भने ८५ हजार २ सय १० जनामा संक्रमण पुष्टि भएको छ । ३९ हजार ५ सय ३४ जना भने उपचार पछि घर फर्किएका छन् ।

कोरोना संक्रमणका कारण विश्वव्यापी चिन्ता बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्