इस्टर्न रिजन टी२० : नेपाललाइ १ सय ५५ रनको लक्ष्य

काठमाडौ – एसीसी इस्टर्न रिजन टी२० क्रिकेट अन्तर्गत पहिलो खेलमा मलेसियाले नेपाललाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

मलेसियाका लागि सायद अजजि सायद मुबारकले अर्धशतक प्रहार गरे । उनले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । यस्तै ओपनर मोहम्मद अजवर अरुदिनले ३१ र कप्तान अहमद फैज मोहमद नुरले ३० रन जोडे । रामलेले २९ रन जोडे । ८९ रन हुँदा ५ विकेट गुमाएको मलेसियाका लागि सायद अजिज र अमिनुदिन रामलेले उत्कृष्ट ब्याटिङ गरे । यी दुईले छैटौं विकेटका लागि अर्धशतकिय साझेदारी गरेपछि मलेसियाले मध्ययम स्कोर बनाएको हो । छैटौं विकेटका लागि यी दुईले ६३ रनको साझेदारी गरे । करण केसीले अन्तिम ओभरमा रामलेलाई आउट गर्दै साझेदारी तोडेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्