बामदेव गौतम मन्त्री बन्नु संविधान विपरित : सुरेन्द्र पाण्डे

चितवन – नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । शनिबार चितवनको भरतपुर विमान स्थलमा संञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पाण्डेले जनताले पराजित गरेका व्यक्ति पनि सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटि भएको र यसले लोकततन्त्र बलियो नहुने समेत स्पष्ट पारे ।

निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको नेता पाण्डेको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्