स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखमा चौरजहारी नगरपालिका पहिलो, बैतडीको पञ्चेश्वर पुछारमा

काठमाडौँ – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहमा सूचना प्रविधि क्षमताको लेखाजोखाको मूल्याङ्कन प्रतिवेदन अनुसार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका पहिलो भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चौरजहारी नगरपालिका पहिलो भएको हो । देशभर रहेका कुल ७५३ वटा स्थानीय तहहरुमध्ये विवरण पठाएका ४३४ वटा स्थानीय तहहरुको (सात वटा सूचक) जनशक्ति व्यवस्थापनको अवस्था, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, वेबसाईट व्यवस्थापन, डिजिटल साक्षरताको अवस्था तथा सूचना प्रविधि सम्वन्धी नीतिगत व्यवस्था, सूचना प्रविधिसंग सम्वन्धित पूर्वाधारको अवस्था र सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था गरि ७ वटा क्षेत्रका ५० वटा सूचकाङ्कहरुका आधारमा स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको लेखाजोखामा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा ८० अंक सहित चौरजहारी नगरपालिका ४३४ वटा स्थानीय तहहरुमध्ये पहिलो बन्न सफल भएको हो । त्यस्तै वालिङ नगरपालिका स्याङ्जा ७८ अंक सहित दास्रो र किर्तिपुर नगरपालिका, काठमाडौँ ७८ अंकसहित तेस्रो स्थानमा छन् । त्यस्तै  १९ अंक सहति बैतडीको पञ्चेश्वर गाउँपालिका पुछारमा परेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्