मालिकार्जुन जात्रा र जोलजिवी मेलाको लागि मालिकार्जुन गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिने

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शैल्यशिखर धाम मालिकार्जुन जात्रा र जौलजीवी मेलाको लागि ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
कार्तिक ३० गते राष्ट्रकै सातौ धाम मध्येको एउटा धाम मालिकार्जुनमा लाग्ने ऐतिहासिक जात्रा र मंसिर १ गते मालिकार्जुन–७ जोलजिवीमा लाग्ने ऐतिहासिक जोलजिवी मेलाको अवसरमा ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ । कार्तिक १७ गते बसेको कार्यपालिकाको बैठकले कार्तिक ३० गते देखि मंसिर २ गते सम्म ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्