राप्रपाको सात वटै प्रदेशमा अधिवेशन सम्पन्न, सुदूरपश्चिमको अध्यक्षमा जोशी सर्वसम्मत

FILE PHOTO

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको हो ।

राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।

यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको श्रेष्ठले बताए । यसैगरी लुम्बिनी प्रदेशमा ऋषिराज सापकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय विजयी भएका छन् ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । कार्तिक ३,४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनौट हुने कार्यतालिका रहेको पनि श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्