नेकपा मालेको महासचिवमा फेरि सीपी मैनाली चयन

काठमाण्डौ – नेकपा (माले) को महासचिवमा फेरि सीपी मैनालीलाई चयन भएका छन् । आठौँ महाधिवेशनले मैनालीलाई चयन गरेको हो । महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरको हो ।

कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पु¥याएको छ । आउँदो पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ ।
अहिलेको बाटो सबै कम्युनिस्टको मार्क्सवादी बाटो रहेको भन्दै उहाँले गलत सोच लिएर हिँड्नेले देशका लागि काम गर्न नसक्ने मैनालीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्