दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक बढ्यो, लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

काठमाण्डौ – भारतको नयाँ दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक बढेको छ । यसैलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।

केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले सुझाव दिएको हो । हावाको गुणस्तर मापक सूचकाङ्कलाई कम्तीमा दुई सयमा झार्नु पर्ने र त्यसको लागि दुई दिने लकडाउन एउटा उपाय हुन सक्ने भनिएको समाचार संस्था एएनआईले जनाएको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँ प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्