लेकम-५ स्थित जैपुर जात्रा हेर्न जादा कटेकुटामा मोटरसाईकल दुर्घटना, सवार देवराज मिश्र घाइते

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता कटेकुडामा मोटरसाइकल दुर्घटना भएको छ । लेकम–५ मा स्थित जैपुर जात्रा हेर्न जादा मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटनामा लेकम–६ का २४ बर्षिय देवराज मिश्र घाइते भएका छन् भने अर्का सवार प्रकाश मिश्र सामान्य घाइते भएका छन् ।
गएराती सवा ८ बजेको समयमा कटेकुडामा मोटरसाइकल दुर्घटनामा परेको हो । घाइते मिश्रलाई उपचारको लागि शनिबार राती नै जीपमा रिठाचौपाताबाट धनगढी लगिएको छ । घाइतेको टाउको र हातमा चोट लागेको छ । सोहि मोटरसाइकलमा सवार अर्का प्रकाश मिश्र भने सकुशल रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्