कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो ।
कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (स्पेसल ईपीएस टपिक २०२१) को लागि आवेदन खुला भएको हो ।

यसका लागि ६ देखि ८ मंसिरसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । परीक्षाको नतिजा १ पुसदेखि ७ गतेसम्म प्रकाशित हुने जनाइएको छ ।

कोरिया जान ईपीएस अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिषा अवधि भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्