टी–२० विश्व कप २०२१ को उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

काठमाण्डौ – आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने भएका छन् ।
आज बेलुका सात बजेर ४५ मिनेटमा हुने फाइनल खेलमा उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने छन् । दुबईको अन्तर्राष्ट्रिय मैदानमा खेल सुरु हुनेछ । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।

सन् २०१० मा भएको विश्व कपमा अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग मात्रै पराजित भएको थियो भने बाँकी चार खेल जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्