एम्बुस विस्फोटमा परेर सेनाका कर्णेलसहित सात जनाको ज्यान गयो

काठमाण्डौ – भारतको मणिपुर राज्यको चराचनपुर जिल्लामा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित सात जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी, अरु चार जना सैनिक र त्रिपाठीका श्रीमती र एक छोरासहित सात जना रहेका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । केही सञ्चार माध्यमहरूले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन् । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आक्रमणकारीलाई खोज्ने काम भइरहेको बताउनुभएको छ ।

घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घोर भत्सना गरेको छ र मृतक परिवारजनमा गहिरो समवेदन प्रकट गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्