विद्युतीय बस खरिद र कुलेखानी–हेटौंडा सुरुङ मार्ग स्थगित, छात्राहरुलाई प्लस २ निशुल्क पढाइदिने निर्णय

काठमाडौं – बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी–हेटौंडा सुरुङमार्ग बनाउने योजना स्थगित गरेको छ ।

डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो तर मुख्यमन्त्री राजेन्द्र पाण्डेले विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरेको हो ।
तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको बताएको छ ।

यस्तै कुलेखानी–हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए ।

प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाइदिने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्