रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं – रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

सडक भन्दा केहि तल खाल्डोको पानीमा डुबेको अवस्थामा कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्