काठमाडौँको बुढानिलकण्ठबाट जुवातास खेलिरहेको अवस्थामा नगद  ५ लाख सहित २२ जना पक्राउ

काठमाडौं –  बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटार गैरीगाउँ बस्ने नवराज पौडेलको जग्गामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुमन खड्काले तरकारी खेती गर्न बनाएको टहरामा जुवा खेलिरहेको अवस्थामा खड्का सहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद  ५ लाख ११ हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१२ चापापानी बस्ने मुस्ताङ थासाङ गाउँपालिका-३ घर भएका ३२ वर्षीय नबिन गौचनको घरमा तास खेलिरहेको अवस्थामा गौचन लगायत ६ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्