हेलम्बुमा एमाले परित्याग गरि दर्जौनौ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शनिबार एक कार्यक्रमकाबीच हेलम्बु गाउँपलिका वडा नं– २ चित्रे बस्तीका दर्जनौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

जनताको हरेक दुखसुखमा साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको भन्दै हेलम्बुमा पार्टी प्रवेशको लहरै चलेको स्थानीय नेताहरुले बताए । एमाले त्याग गरेर काँग्रेस प्रवेश गरेकाहरुलाई पार्टी प्रवेश गराउँदै हेलम्बु सिन्धुपाल्चोक काँग्रेसका युवा नेता निमा ग्याल्जेन शेर्पाले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र र झुठो आश्वासनले आम नागरिकमा निराशा छाएको बताए । शेर्पाले नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुखदुःखमा आफू सधैं साथमा रहने बताए । शेर्पा हेलम्बु गाउँपलिकाका अध्यक्ष समेत हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि सधै चर्चामा आएका शेर्पाले थुप्रै काममा हेलम्बुलाई देशकै नमुना गाउँपालिका बनाउने अभियान थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्