जगतपुरीधाममा संचालन भएको विराट हिन्दु सम्मेलन–२०७६ समापन, २ लाख बढी रुपयाँ संकलन

दार्चुला – शैल्यशिखर नगरपालिका–९ जगतपुरीधाम गोकुलेश्वरमा फागुन १ गते देखि संचालन भएको शिवपुराण ज्ञान महायज्ञ विराट हिन्दु सम्मेलन–२०७६ को शनिबार समापन भएको छ ।

गुरुकुल विद्यापिठ र जगतपुरीधामको पुर्वाधार विकासको आर्थिक सहयोगका लागि आयोजना गरिएको महायज्ञमा यज्ञ अवधिभर दुई लाख सतहत्तर हजार नौ सय उनानसय रुपैयाँ संकलन भएको आयोजक शैल्य मालिकार्जुन जगतपुरी शिवधाम तिर्थ स्थल विकास समितिले जानकारी दिएको छ । जगतपुरी धाम राष्ट्रकै सातौ धाम मालिकार्जुनको पौणीको रुपमा समेत परिचित छ ।

आउँदो बर्षदेखि आवश्यक पुर्वाधार निर्माण गरि गुरुकुल विद्यापिठ संचालनमा ल्याउने तयारी रहेको शैल्य मालिकार्जुन जगतपुरी शिवधाम तिर्थ स्थल विकास समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्