मलाई षड्यन्त्रपूर्वक जेल पठाइयो : महरा

दाङ – पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई षड्यन्त्रपूर्वक जेल पठाइएको बताएका छन् ।

बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुगेका महराले आफूमाथि ठूलो षड्यन्त्र भएको तर जितेर आएको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसद महराले भने, ‘तीन महिना जति म भुमरीमा परेँ, जसरी मलाई त्यो भूमरीमा पठाइयो, त्यो लडाई मैले जितेँ ।’

जनताको साथ, सहयोग र समर्थनको बलमा आफूले यो लडाई जितेको उनले सुनाए । महराले भने, ‘जनताको तागतको अगाडि कुनै पनि षड्यन्त्रको जित हुँदैन ।’

आफूमाथि लागेको आरोपबारे अदालतले नै बोलिसकेकाले थप केही नभन्ने उनले बताएका छन् ।

संसदीय सचिवालयकै एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले १४ असोजमा पदबाट राजीनामा दिएका थिए ।

जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी १०३ दिन डिल्लीबजार कारागारमा बसे । तर जिल्ला अदालतले सफाइ दिएपछि उनी छुटेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्