CORONA

४० हजार ५ सय रुपैयाँ घुस सहित सवइन्जिनियर पक्राउ

काठमाडौं – कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् ।

कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार परेका हुन् ।

कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रौनियार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट सो गाउँपालिका क्षेत्रमा खटिएका थिए ।

रौनियारलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्