शैल्यशिखर नगरपालिका –६ ग्वानीमा युवतीले गरिन् आत्महत्या

दार्चुला – शैल्यशिखर नगरपालिका –६ ग्वानीमा एक युवतिले आत्महत्या गरेकी छिन् । बिवाह गरेको हप्ता दिन नबित्दै माइतीघरमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।

वर्ष २२ की संगिता धामीले सोमबार दिउसो करिब २ः३० बजे झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा लगिएको छ ।

मृतक धामीको केहि दिन पहिला लेकम गाउँपालिका–६ सिरोडाका युवक संग बिवाह भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्