चक्र बमको “ओ मेरी भाउजु” दर्शकले अत्यधिक रुचाए, युट्युबमा करिब २८ लाख भ्यूज

काठमाडाैँ – चर्चित लोक तथा देउडा गायक चक्र बमको “ओ मेरी भाउजु ” गीत दर्शकहरुले अत्यधिक रुचाएका छन् । देवरले भाउजुलाई बहिनीसँग बिहे गर्न प्रास्ताव राखिदिन अनुरोध गरेको गीतमा उल्लेख गरेको छ । देवरले बहिनीलाई कुनै कमी नगर्ने र पिरती लगाउन उल्लेख गरेको छ । यसैगरी भाउजुले बहिनीलाई चोखो माया गर्नुपर्ने र अन्यथा बहिनी दिन अस्किार हुने कुरा उल्लेख गरेको छ ।

चक्र बमको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा एक महिनाको अवधिमा करिब २८ लाख दर्शकले हेरेका छन् ।
चक्र बम र लक्ष्मी आचार्यको स्वरमा रहेको उक्त गीतको भिडियोमा भाउजुको रुपमा नायिका करिष्मा मानन्धर र भाउजुको बहिनीको रुपमा करिष्मा ढकालले अभिनय गरेको छ भने जेरी भण्डारीको समेत अभिनय रहेको छ ।

यसैगरी देवरको रुपमा गायक चक्र बमले नै अभिनय गरेको छ । प्रीज्मा स्टुडियोमा रेकर्डिङ गरेको उक्त गीतको निर्देशन मौसम हिमालीले गरेका छन् । यस्तै उक्त गीतको सम्पादन प्रविन भट्ट तथा अधिनायक शेरचनले गरेका छन् ।

उक्त गीतको प्रोडक्सन मेनेजमेन्ट मिलन कटवालले गरेका छन भने छायांकन अनिल कुमार मानन्धर र अभिनास मानन्धरले गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्