बैतडीबाट महाधिवेशन प्रतिनिधिमा मेलौली उपप्रमुख ओझाको उम्मेदवारी

काठमाडौँ – बैतडीको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै उपप्रमुख ओझाले खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको उपहारखबरलाई जानकारी दिइन् । लोकतन्त्र, राष्ट्रियता र समाजवादको लागि सधै कटिबद्ध भएर पार्टीमा लाग्ने अठोट सहित काँग्रेसमा अव युवाहरुले नेतृत्व लिनुपर्ने उपप्रमुख ओझाको भनाई छ । उपप्रमुखको ओझाले मतदान गरेर सहयोग गर्न पनि सबै क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्