हिमालयन फाउण्डेसन कर्प, अमेरीकाले बाढी प्रभावित सिन्धुपाल्चोकको हेलम्बुमा आवास निर्माण गर्ने

शान्तिप्रीत सापकोटा, अमेरीका – अमेरीकाको क्यालिफोनिर्यामा रहेको हिमालयन फाउण्डेसन कर्पले बाढी प्रभावित सिन्धुपाल्चोक स्थित हेलम्बुमा आवास निर्माण गरिदिने भएको छ ।

मेलम्ची तथा इन्द्रावती नदीमा गत असार १ गते र त्यसपछि आएको विनासकारी बाढीबाट सबैभन्दा बढी प्रभावित हेलम्बु गाउँपालिकामा १० वटा घर निर्माण गर्न हिमालयन फाउडेसन र हेलम्बु गाउँपालिकाबिच सहमति भएको हो । काठमाडौँ महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष यज्ञराल श्रेष्ठ र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बीच लिखित रुपमा सम्झौता भएको हो ।

कार्यक्रममा फाउण्डेसनका प्रमुख श्रेष्ठले अमेरीकामा रहेर सिन्धुपाल्चोकका बाढीपीडितका लागि रकम सहयोग गर्नेलाई धन्यवाद समेत दिनुभएको छ । बाढी प्रभावितहरु घरवार विहिन भइरहेकाले रकम भन्दा पनि आवास निर्माणमा आफुहरुले जोड दिएको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेर्पाले फाउण्डेसनलाई धन्यवाद दिदैँ आवास निर्माण छिट्टै सुभारम्भ गरिने बताउनुभयो ।
कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा, मेलम्ची नगरपालिका वडा नं. ७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, तामांग को अपरेसन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष शेर लामा लगायतको उपस्थिति रहेको थियो ।

हिमालयन फाउण्डेसनले यस अघि विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ भने अमेरीकामा नेपालीहरुलाई एकतामा बाध्नको लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
हेलम्बु गाउँपालिका–१ स्थित भ्रेमाथाङ चौरबाट आएको बाढी पहिरोले हेलम्बु गाउँपालिकाका चनौटे, ग्याल्थुम, मेलम्ची नगरको तालामाराङ र मेलम्ची बजार क्षेत्रमा क्षति पुर्याएको थियो बाढीका कारण सोसयभन्दा बढी घरटहरा बगेका थिए । यस्तै मेलमची किनारका बजार सबै प्रायः ध्वस्त बनेका छन् । स्थानीय बासिन्दा विद्यालय, सामुदायिक भवन, छिमेकीकोमा आश्रय लिइरहेका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्