नौगाड गाउँपालिकाले दीर्घरोगीहरुलाई ५० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउँदै

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकाले दीर्घरोगीहरुलाई उपचार खर्च बाफत ५० हजार रुपैयाँ सम्म उपलब्ध गराउन थालेको छ । गाउँपालिका क्षेत्र भित्रका कुनै पनि मानिसमा दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु ५० हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको उपहार कार्यक्रम अन्तर्गत सो रकम उपलब्ध गराइदैँ आएको छ ।

गाउँपालिका भित्र मिर्गौला, क्यान्सर पिडीत, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका गाउँपालिका भित्रका विपन्न, गरीब, असहाय, अशक्तहरुको लागि उपचार खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

हाल सम्म ३० जना भन्दा बढीले यस किसिमको सुविधा लिइसकेको अध्यक्ष धामीले जानकारी दिए । रोग पीडितको पहिचान गर्दा सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा यस्तो सुविधा उपलब्ध गराउँदै आएको अध्यक्ष धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्