पत्रकार ध्रुब बिष्ट र मोडल शरू रानी राेकाया अभिनित म्युजिक भिडियो ‘दिल जलेनी’ सार्वजनिक (भिडियो सहित )

पत्रकार ध्रुब बिष्ट र मोडल शरू रानी रोकाया अभिनित म्युजिक भिडियो ‘दिल जलेनी’ सार्वजनिक भएको छ । देउडा तथा आधुनिक गायक सुधिर जैरूको आफ्नै नाममा रहेको ’सुधिर जैरू’ युट्युव च्यानलबाट आइतबार भिडियो सार्वजनिक भएको हो ।

स्वर्गीय मुकेश देवलको शब्द सिर्जनामा बनेको गीतमा स्वर र संगीत देउडा तथा आधुनिक गायक जैरूको रहेको छ । राजेश बाबुले निर्देशन गरेको भिडियोमा कथाले मागे अनुसार निर्देशक ताम्राकारले पनि अभिनयको पाटो समालेका छन भने साथमा गीता महताको पनि अभिनय रहेको छ ।

भिडियोको छाँयाङ्कन र सम्पादन श्रीराम फिल्मसका प्रबन्धक अमित बिकले गरेका छन् । भिडियोका अधिकांश दृश्यहरूमा बैतडीको पाटन क्षेत्रका रमणीय भू–भागहरू समेटिएका छन् । डोटीको बुँडर झर्ना र छतिवन तालमा समेत छायाकंन गरिएको भिडियोमा बियोगान्त प्रेम कथाले स्थान पाएको निर्देशक ताम्राकारको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्