दार्चुलाकाे मार्मा गाँउपालिकाले अहिलेसम्मकाे अवधिमा के के काम गर्याे ? – सूचि सहित

मार्मा गाँउपालिकाले आफ्नो तीन बर्ष भित्र गरेका केही बिकास निर्माणका कार्यहरु सार्वजनिक गरेको छ ।

जसमा स्वास्थ्यतर्फ भैसे बगर मा स्वास्थ इकाइ भवन निर्माण गरेको छ । त्यसैगरी माङ्दाङमा स्वास्थ इकाइ भवन, परिवनमा स्वास्थ इकाइ भवन,ताकुमा स्वास्थ इकाइ भवन, बार्कुमा स्वास्थ इकाइ र लटिनाथ स्वास्थ चौकीमा एक्सरे रूम र अरु स्वास्थ चौकीको भौतिक स्तर उन्नती, तपोवन स्वास्थ्य चौकी बर्थिङ सेन्टर निर्माण, सेरि स्वास्थ चौकी बर्थिङ सेन्टर निर्माण, थाम खोप केन्द्र निर्माण, तोलिमान्डौ खोप केन्द्र निर्माण भएको छ ।
यस्तै शिक्षातर्फ लोयकोल्लारमा दुई कोठे भवन निर्माण, घोल्जरमा चार कोठे भवन निर्माण, पौराथीमा चार कोठे भवन निर्माण , ताकुमा दुई कोठे भवन निर्माण, दहमा दुई कोठे भवन निर्माणाधीन, वाथीमा दुई कोठे भवन निर्माणाधीन, तपोवनमा ६ कोठे भवन निर्माण, मर्मतिमा दुई कोठे भवन निर्माणाधीन, थाममा स्कुल भवन स्तरोन्नती , घोडेधार स्कुल भवन स्तरोन्नती, लामबगर स्कुलमा ४ कोठे ट्वाइलेट निर्माणाधीन, कोरथलामा २ कोठे भवन निर्माणाधीन, लटिनाथ मा ८ कोठे भवन निर्माण कार्य अन्तिम चरणमा, सार्सी दलित बस्ती मा २ कोठे भवन निर्माण, सार्सी मा २ कोठे भवन निर्माणाधिन, च्युरानिमा ४ कोठे भवन, बग्जेवला मा २ कोठे भवन निर्माणाधीन, दुनिमा २ कोठे भवन, मुरै मा ४ कोठे भवन निर्माण, मुरै मा ४ कोठे ट्वाइलेट निर्माण, जन्निगाउ मा दुई कोठे भवन, निखिरमा ४ कोठे भवन, गोल्फामा २ कोठे भवन निर्माणाधीन, सेरिमा ४ कोठे र २ कोठे भवन, जमुना बगर स्कुल भौतिक स्तर उन्नति, छिपानमा २ कोठे भवन निर्माणाधिन , च्युरानिमा ४ कोठे ट्वाइलेट, तपोवनमा ४ कोठे ट्वाइलेट, घोल्जरमा ४ कोठे ट्वाइलेट लगायत अन्य स्कुल भवन मर्मत, जुडेमा ३ कोठे भवन निर्माण, बच्कोटमा भान्सा कोठा तथा फिल्ड निर्माण, ओडिखेत स्कुल स्तरोन्नती गरेको छ ।

यसैगरी सडक पूर्वाधारतर्फ सार्सी बजानी दुनि सडक ६ किमि निर्माण, परिबगड घोल्जर हुँदै परमचुली सडक ५ किमि निर्माण र बिटुले पारिबगड सडक स्तरोन्नती गरेको छ । यस्तै तपोवन निम्ठा सडक टेन्डर प्रकियामा, मटेला सडक, भैसे बगरमा मोटरेबल पुल सहित सेरि तपोवन सडकको तयारी, घट्टेगाड र नौगाड खोला मोटरेबल पुल टेन्डर आव्हान तथा सिमार रेला मोटरेबल पुल निर्माण तयारिमा रहेको छ ।
यसैगरी बाटो तर्फ ७ किमि पिसिसी, १० किमि सोलिङ बाटो निर्माण, १० किमि नयाँ कटिङ सहित घोरेटो बाटो निर्माण भएको छ ।
यस्तै सिचाइ तर्फ ७ किमि सिँचाइ पक्की नहर र पाइप सिँचाइ सम्पन्न गरेको छ ।
झोलुङ्गे पुल तर्फ लोयकोल्लार सम्पन्न, हणे र कोपरे निर्माणाधीन , बुङलिबगड कार्यान्वयन चरणमा रहेको छ भने आर सि सि पुल तर्फ १२ वटा निर्माण सम्पन्न गरेको छ ।
यसैगरी गाउँपालिकाले खेलकुद तर्फ लटिनाथ खेलमैदान निर्माण र मडबगर खेलमैदानको डिपिआर तयार गरेको छ । भने खानेपानी तर्फ १ ओटा पम्पिङ, ३० ओटा अन्य योजनाहरु सम्पन्न अरु निर्माणाधिन अवस्थामा छन र एक घर एक धारो निर्माण कार्यको सुरुवात गरेको छ ।

बिद्युतिकरणमा बिटुले देखि तिम्लाडेरा परिवन निम्ठा सम्म बिद्युतिकरण कार्य, बग्जेवला दुनि बिद्युतिकरण कार्य, बिम्थी बच्कोट धारिगाड डेड्पानी थाम पर्पडा बिद्युतिकरण, जुडे ताकु बिद्युतिकरण कार्य, मर्मती हुँदै बसरा निखिर नौला गोल्फा जन्निगाउ मुरै बिद्युतिकरण कार्य र बिटुले पारिबगड बिद्युतिकरणको कार्य चलिरहेको अन्य ठाउमा बिद्युतिकरण को कार्य भइरहेको छ ।
त्यसैगरि मुरैमा १२ कोठे सुबिधा सम्पन्न स्कुल भवन को टेन्डर भैसकेको छ भने निम्ठामा ८ कोठे भवन निर्माण सुरु हुने अवस्था रहेको छ । यस्तै सहिद स्मारक पार्क तथा खुला मन्च निर्माण कार्य सुरु हुने अवस्थामाछ भने सहिद प्रतिस्ठान भवन निर्माण कार्य सम्पन्न भएको छ । आफ्नै भवन हरु मा विभिन्न शाखा हरुको ब्यवस्थापन, इप्रका लटिनाथ ब्यारेक निर्माण, पोलिहाउस को प्रयोग गरि कृषि खेती, सोयल सिमेन्ट टङ्कि निर्माण कार्यको सुरुवात गरेको छ । भने ५ किमि तट्बन्ध निर्माण, पारिबगड घोल्जर सडक र तपोवन निम्ठा सडकको ई आइ ए गर्ने काम सम्पन्न, नमस्ते फोन सेवा सुचारु, ईन्टरनेट सेवा सुचारु लगायत अन्य बिकास निर्माण का कार्य हरु सम्पन्न गरेको छ ।

श्राेत : मार्मा गाउँपालिकाका सब इन्जिनियर बिक्रम जाेशीकाे फेसबुक वाल

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्