विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन, अझै विभिन्न कोणबाट थप विश्लेषण गरिने

ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ । सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण देखिएको छैन ।

मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो । त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ । तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ । ‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेको छैन । रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्