बास्कोटाको अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो प्रकरण र अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ।

शनिबार अपरान्ह बस्न लागेको बैठक मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा विषयमा छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्ड पार्टीकामको सिलसिलामा उपत्यका बाहिर रहेको र उनी फर्के लगत्तै बैठक बस्ने बताइएको छ ।
आजको बैठकमा मुख्यगरी एमसीसीलाई कसरी अगाडि बढाउने र बाँस्कोटाको अडियो प्रकरणबारे छलफल हुनेछ । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नबारे पनि सचिवालयमा छलफल हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्