पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था सुरु

k|b]z–# sf] d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no x]6f}F8fdf :yfkgf ul/Psf] k|b]z–# sf] d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no . t:jL/ M s[i0f/fd kl/of/, x]6f}F8f, /f;;

वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था शुरु गर्ने लागेको हो ।

वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक रु तीन हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले रु १५ लाख बजेट छुट्याइएको बताइएको छ । त्यस्तै दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधिसमेत पारित भएको छ । दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई रु ३० हजार दिने र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई रु ७५ हजारसम्म सहयोग गर्ने योजना सरकारले अगाडि सारेको छ । सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप रु ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्