प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गर्नुभयो । आफ्नो ६९ औं जन्मदिनको अवसरमा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा विकास र समृद्धिका विषयबस्तु समेटिएका छन् । प्रधानमन्त्री ओलीले देश विकाससँगै समृद्ध नेपाल, सुखी नेपालीको सपना कार्यान्वयन गर्नेगरी पुस्तकमा मुख्य चार योजना समेट्नुभएको छ । कल्पना र कार्यान्वयन, मित्रता र कुटनीती, व्यापार र लगानी तथा काम र श्रम जस्ता विषय पनि पुस्तकमा समेटिएका छन् । ओलीले नेपालमा सबैथोक रहेको तर योजनालाई कार्यान्वयन गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्