दार्चुलामा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार

दार्चुला : दार्चुलामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ। जिल्लाको महाकाली नगरपालिका– १ की ३२ वर्षीया कौशीला धामीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो।

उनी शनिबार राती जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी थिइन। तर चिकित्सकले उनको नवजात शिशुलाई आइसियुमा राख्नुपर्ने बताएपछि उनलाई आइतबार हेलिकोप्टरमार्फत कोहलपुर अस्पताल नेपालगञ्ज लगिएको छ।

उनको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा हवाई उद्दार गरिएको बताइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्