सञ्चारमन्त्री बाँस्कोटा संलग्न अडियो प्रकरण छानविन गर्न नेकपा बरिष्ठ नेता नेपालकाे माग

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटा संलग्न अडियो प्रकरण छानविन गर्न पार्टी सचिवालय बैठकमा माग गरेका छन् । शनिबार बालुवाटारमा नेपाललाई जवाफ दिँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने यो विषयमा पार्टी होइन सरकार जोडिएकाले सरकारले नै छानविन गर्ने बताउनुभयो ।

स्वीस कम्पनीका नेपाली एजेण्टसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । बाँस्कोटाको राजीनामापछि शनिबार पहिलो पटक बसेको सचिवालय बैठकमा यो विषयले प्राथमिकता पाएको हो । आफ्नो विश्वास पात्र तथा सबभन्दा निकटको सम्बन्ध भएका मन्त्री बाँस्कोटालाई राजीनामा गराएका प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै वरिष्ठ नेता नेपालले छानविन माग गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्