राष्ट्रपति र नेकपाका अध्यक्ष प्रचण्डबीच पूर्वमन्त्री बाँस्कोटासँग जोडिएको कमिसन प्रकरणबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पूर्वमन्त्री गोकुल बाँस्कोटा जोडिएको कमिसन प्रकरणबारे छलफल भएको छ।

बालुवाटारमा नेकपा सचिवालयको बैठक सकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति निवास शीतल निवास पुगेका हुन्।

सचिवालय बैठकमा अमेरिकी एमसीसी परियोजना सँगै बाँस्कोटा प्रकरणबारे छलफल भएको छ।

सेक्युरिटी प्रेस खरिद सम्बन्धमा कमिसनबारे कुराकानी गरेको अडियो बिहीबार सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्