दार्चुलाको मालिकार्जुनमा २ वटा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

दार्चुला – मालिकार्जुन गाउँपालिकाले वडा नं. ६ उकु स्वास्थ्य चौकी र वडा नं. ८ पस्ती स्वस्थ्य चौकी लाई एम्वुलेन्स हस्तान्तरण गरेको छ ।
आइतबार गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले एक कार्यक्रमकाबीच दुवै स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

पस्ती स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति अध्यक्ष पदम राज पन्त र कार्यपालिका सदस्य एवं वडा नं. ६ का जनप्रतिनिधि कुशराम ओड लाई एम्वुलेन्सको चाबी हस्तान्तरण गरेका गरिएको छ । आ.व. २०७६÷०७७ मा मालिकार्जुन गाउँपालिका कार्यालय तथा प्रमुखको लागि गाडी खरिद गर्न बिनियोजित गरेको बजेट लाई संसोधन गरी पदाधिकारी सुविधा भन्दा पनि जनताको जीवन रक्षाका लागि एम्बुलेन्स आवश्यक रहेको कुरा महशुस गरि मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाले उक्त शिर्षकमा रहेको बजेट संसोधन गरी २ वटा एम्बुलेन्स खरिद गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्