कविता : मन

दुनियाले नदेख्ने बतास कस्तो मन कहिले वारि, कहिले पारि डुल्छ झन
मष्तिस्कलाई पनि जित्ने कोशिष गर्छ
थाहा नभएको अर्को कुरा जे गर्छ, मनले गर्छ।

हेर्ने आँखाको के दोष, उसको हेर्यो
दोष त मनकै छ,फिर्यो अनि फेर्यो
बहकिन छोड्दैन सुतेको बेला पनि
त्यसैले सपनि देख्छन सबैले अनि।।

सबैसंग मिल्दैन कुरा, मन भिन्न बनेर
रून थाल्छ डाकोछोडि, खिन्न बनेर
अतितको तिललाई ,पहाडमा बदल्छ
पीडा शरिरलाईदिई, दिमाक खतोल्छ।।

धन्य मन म मरेभने, तिमी के गर्छौ
नयाँ पलाउछौ कि ओईलिएर झर्छौ
मैले बुझ्न सकेको छैन ,ए मन
तिम्रो चञ्चलता,अनि पागलपन ।।

मैले एक सोच्यो भने अर्के सोच्छौ
मेरो आत्मामाथि, राज गर्न खोज्छौ
राम्रो हाम्रो नहुने, हाम्रो राम्रो नहुने
कोसिस गर्नुपर्छ ए मन ,चन्द्रमालाई छुने।।

म तिमीसंग लड्छु, तिम्रै हुन्छ जित
कहिले बन्छस बादल, कहिले बन्छस सित
कहिले हिमालपारि ,कहिले गगन अनि नभमा
नसकिने भयो मन जति, जे गरेनि यो जगमा।।

रमेश सिह धामी
शैल्यशिखर-६, दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्