रवीन्द्र मिश्रको प्रस्तावलाई काउन्टर दिन मिलन पाण्डे लगायतका नेताले ल्याए नयाँ प्रस्ताव

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चार जना नेताले अर्को प्रस्ताव ल्याएका छन् ।

संयोजक पाण्डे, नेता रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पंगेनीले मंगलबार अर्को प्रस्ताव ल्याएका हुन् । मिश्रले व्यक्तिगत भन्दै ल्याएको प्रस्तावमाथि बहस भइरहेको छ। मिश्रले धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने बताएका थिए ।

संयोजक पाण्डेसहितले ल्याएको प्रस्तावमा वैकल्पिक राजनीतिको मुल बाटो भन्दै विभिन्न प्रस्ताव अगाडि सारिएका छन् । उनीहरूले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजान नहुने पनि बताएका छन् ।

मुख्यगरी गणतन्त्रको सुदृणीकरण, धर्मनिरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आजको आवश्यकता रहेको प्रस्तावमा उल्लेख गरिएका छन् ।

साथै तीनै तहको सरकार प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्था हुनुपर्ने उनीहरूको प्रस्तावमा उल्लेख छ । उनीहरूले शिक्षा निःशुल्क हुनुपर्ने, स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्नेजस्ता कुरा पनि उठाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्